× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १८०१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १६६७

    ३ वर्ष पहिले

    साउन-३,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८ सय १ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख १६ हजार ४९ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ६ सय २८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २ सय २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३४ लाख ६९ हजार ६ सय ८६ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५ सय ७८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख ६२ हजार ८ सय ३१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ४ सय ८५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २२ हजार ८ सय ३४ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ६ सय ५१ रहेको छ।

    २४ घण्टामा १ हजार ६ सय ६७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ३२ हजार ७४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८८.२७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ५० जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ४० जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय ६१ जना र भेन्टिलेटरमा १ सय ६५ जनाको उपचार भईरहेको छ ।