× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी मोदीको बधाई

    ३ वर्ष पहिले

    साउन-४, प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिनु भएको छ ।

    मोदीले ट्वीटमार्फत बधाई दिँदै प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । साथै मोदीले देउवाको कार्यकालमा दुई देशबीचका विशिष्ट सम्बन्ध थप सुधार हुनुका साथै नागरिकबीचको सम्बन्ध थप गहिराइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएपछि मोदीको बधाई र शुभकामना आएको हो ।