× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    फ्लोर क्रस गरेर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

    ३ वर्ष पहिले

    साउन-४,नेकपा एमालेले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    आज ललितपुरस्थित च्यासलमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिएका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको हो ।

    बैठकले एमाले एकता कार्यदलमार्फत गरिएको १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ । एमाले एकता बचाउन भनेर कार्यदल सदस्यसहितका माधव पक्षीय १० सांसद भने विश्वासकाे मतदानका क्रममा अनुपस्थित रहेका थिए ।

    २०७४ जेठ २ अघिको संरचना अनुसार बसेकाे १० औँ केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र उनी पक्षका केही नेता भने उपस्थित भएनन् ।