× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    राजमार्गमा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड पुरा नगरी सञ्चालित होटल कारवाहीमा

    ३ वर्ष पहिले

    साउन-५,पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ गाउँपालिकाको सलाङघाट बजारमा रहेको यात्रुलाई खाजा तथा खाना खुवाउने सफल होटललाई स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड पुरा नगरि सञ्चालन गरेकोमा कारवाही गरिएको छ।

    सोमबार साँझ ६.३० बजे बजार अनुगमन टोलीले अनुगमन गर्दा सो होटलमा यात्रुलाई व्यवसायिक आचरण विपरीत स्वास्थ्य तथा सुरक्षाको कुनै मापदण्ड पूरा नगरी खाजा तथा खाना खुवाउने गरेको, म्याद गुज्रिएका सामानहरू बिक्रीमा राखिएको, सामनहरु को अधिकतम मूल्य भन्दा बढी रकम असुलेको,बिक्री बिल प्रयोग नगरेको तथा लेबल नभएको (उत्पादन मिति समेत नभएको) गुणस्तरहीन सामग्रीहरु समेत पाएपछि बजार अनुगमन टोलीले पहिलो पटकलाई सुधारको लागि आवश्यक निर्देशन सहित रु. २० हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।