× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भारतमा उपचाररत नेता झलनाथ खनालको उपचारको सबै खर्च सरकारले व्यहोर्ने

    ३ वर्ष पहिले

    साउन-५, मंगलबार नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्म पत्नी सीता दाहाल भेट्न पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग पनि फोनमा बोल्नुभएको छ ।

    अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको पछिल्लो स्वास्थ्य अवस्थाबारे अपडेट भएपछि प्रधानमन्त्री देउवाले प्रचण्डकै टेलिफोनमार्फत् भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेता खनालको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिनुभएको छ ।

    प्रधानमन्त्री देउवाले नेता खनालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचार खर्चको कुनै चिन्ता नगर्न सुझाव दिनुभएको छ । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा अनुसार खनालको उपचारको सबै खर्च सरकारले तिर्नेछ ।

    प्रधानमन्त्री देउवाको भनाई उद्धृत गर्दै उनले भनेका छन्, ‘उपचार खर्चको चिन्ता नगर्नुस्, सरकारले मिलाउँछ । तपाईं छिटो निको भएर फर्किनुस् भन्नुभयो ।’मिर्गौलामा समस्या देखिएपछि नेता खनाल दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत रहेका छन् ।

    प्रधानमन्त्री देउवाको भनाई उद्धृत गर्दै उनले भनेका छन्, ‘उपचार खर्चको चिन्ता नगर्नुस्, सरकारले मिलाउँछ । तपाईं छिटो निको भएर फर्किनुस् भन्नुभयो ।’मिर्गौलामा समस्या देखिएपछि नेता खनाल दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत रहेका छन् । न्युज२४ बाट