× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २८३८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १४७५

    ३ वर्ष पहिले

    साउन-६,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ३८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख २४ हजार ४ सय ५५ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार ७ सय १५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ९ सय १८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३४ लाख ९५ हजार ६९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ सय २० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख ७४ हजार ८ सय ६२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ८ सय ३२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २३ हजार ३ सय ४० रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ४ सय ९२ रहेको छ।

    २४ घण्टामा १ हजार ४ सय ७५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ३६ हजार ४ सय २ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.८८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ३७ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय १ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय २७ जना र भेन्टिलेटरमा १ सय ७१ जनाको उपचार भईरहेको छ ।