× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    प्रतिबन्धित क्याफिनयुक्त निलो रेडबुल बिक्री गरेको अभियोगमा चार जना पक्राउ

    ३ वर्ष पहिले

    साउन-६,प्रतिबन्धित क्याफिनयुक्त शक्तिवर्धक पेय पदार्थ निलो रेडबुल बिक्री गरेको अभियोगमा काठमाडौंबाट चार जना पक्राउ परेका छन् ।

    पक्राउ पर्ने रवीन श्रेष्ठ न्युरोडस्थित प्रविण स्टोरका सञ्चालक हुन् भने धनबहादुर श्रेष्ठ कपनस्थित शक्ति स्टोर सञ्चालक हुन् । त्यसैगरी वीरेन्द्र चौधरी र राजु पौडेल भने रेडबुल ओसारपोसर गर्ने काममा संलग्न थिए ।

    उनीहरूलाई उपत्यका अपराध अनुसन्धान नियन्त्रण कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो । श्रेष्ठद्वयको स्टोरबाट समान ५९-५९ कार्टुन रेडबुल बरामद भएको र चौधरीले चलाउँदै आएको बा २१ च १२५ नम्बरको पिकअप भ्यानबाट ८४ कार्टुन र पौडेलका साथबाट ३६ गरी कुल दुई सय दुई कार्टुन रेडबुल बरामद भएको प्रहरीले जनाएको छ।

    २०७६ असार २ मा राजपत्रमा सूचना प्रकाशित गरेर क्याफिनयुक्त उत्पादन प्रयोगमा प्रतिबन्ध लगाइएको थियो, त्यही अनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    उनिहरु माथि प्रहरीले कालोबजारी अन्तर्गतको कसूरमा मुद्दा चलाउने जनाएको छ ।