× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २७१४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १२८८

    ३ वर्ष पहिले

    साउन-७,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय १४ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख २७ हजार ४ सय ४३ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार १ सय २२ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ८ सय ५५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३५ लाख ४ हजार १ सय ९१ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ सय २० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख ७८ हजार ५ सय ६९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३ सय ७५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २४ हजार ६ सय १६ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ७ सय ५९ रहेको छ।

    २४ घण्टामा १ हजार २ सय ८८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ३७ हजार ६ सय ९० पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.६६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा २ सय ९१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय ३५ जना र भेन्टिलेटरमा १ सय ७२ जनाको उपचार भईरहेको छ ।