× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन आज

    ३ वर्ष पहिले

    साउन-८,विश्व खेलकुदको कुम्भमेला ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन आज हुँदैछ ।

    जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमकाबीच ३२ औं ओलम्पिकको औपचारिक रूपमा नेपाली समय अनुसार दिउँसो ४ बजेपछि हुनेछ ।

    टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगिसकेका छन् ।

    नेपालबाट पनि खेलाडीसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेका छन् ।आज हुने उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोक्ने छन् ।

    गत वर्षनै हुनु पर्ने प्रतियोगिता कोरोनाको कारण रोकिएको थियो ।यस पटक पनि प्रतियोगिता स्थगित गर्नुपर्ने आवाज उठिरहेका भएपनि स्वास्थ्य र सुरक्षामा विशेष जोड दिएर प्रतियोगिता शुरु हुन लागेको हो ।

    कोरोना भाइरसको सङ्क्रमणका कारण दर्शकको उपस्थितिबिना नै प्रतियोगिता हुनेछ ।