३ वर्ष पहिले
साउन-९,नेपाली कांग्रेसले १२ गते हुने भनिएको वडा तहका अधिवेशन क्रियाशील सदस्यताको विवाद टुंगो लाग्न ढिलाइ भएपछि स्थगित गर्ने निर्णय गरेको छ।
शनिवार प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले वडा तहको अधिवशेन स्थगित गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
अब बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिले केन्द्रीय महाधिवेशन मिति यथावत राखेर तल्लो तहका अधिवेशनहरुको कार्यतालिका हेरफेर गर्ने बताइएको छ।