× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २२३७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २०५०

    ३ वर्ष पहिले

    साउन-१०,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ३७ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ३३ हजार २ सय ६० जना पुगेको छ ।

    २४ घण्टामा १० हजार ५ सय ६९ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३५ लाख ३९ हजार ८३ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार २ सय ६५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६ सय ९८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख ८९ हजार ७ सय २९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २७ हजार २ सय २८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २४ हजार ५ सय ४८ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ६ सय ८० रहेको छ।

    २४ घण्टामा २ हजार ५० जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ४३ हजार ६ सय १५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.७७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय १३ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ४० जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय ६६ जना र भेन्टिलेटरमा १ सय ६८ जनाको उपचार भईरहेको छ ।