× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३८९९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १७७८

    ३ वर्ष पहिले

    साउन-१२,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ९९ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ४२ हजार ८ सय २७ जना पुगेको छ ।

    २४ घण्टामा १२ हजार ६ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ७ सय २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३५ लाख ६३ हजार ९ सय ७८ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ६३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार २ सय ७३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख ९९ हजार ६ सय २४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ३६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २५ हजार ९ सय ३८ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ८ सय ९८ रहेको छ।

    २४ घण्टामा १ हजार ७ सय ७८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.११ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २० जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय ५८ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ५६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय ११ जना र भेन्टिलेटरमा १ सय ७१ जनाको उपचार भईरहेको छ ।