× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    निषेधाज्ञा खुकुलो भएसँगै जलबिरे लामो झरनामा पर्यटकको घुइँचो

    ३ वर्ष पहिले

    साउन-१३,निषेधाज्ञा खुकुलो भएसँगै चितवनको प्रसिद्ध पर्यटकीय स्थल जलबिरे लामो झरनामा पर्यटकको घुइँचो लागेको छ। जिल्लाको एक मात्र इच्छामनकामना गाउँपालिका–६ अन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेमा रहेको जलबिरे लामो झरनामा पर्यटक आउने क्रम बढ्दै गएको हो ।

    देशमा कोरोना भाइरसको प्रभाव घट्दै गएपछि इच्छाकामना गाउँपालिकाले पर्यटक आगमन खुल्ला गरेसँगै झरना अवलोकन गर्न आउनेको सङ्ख्या बढ्दै गएको र यसले कोरोनाको जोखिम बढेको जलबिरे लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले जानकारी दिनुभयो ।

    गत बर्ष कोरोना भाइरसको प्रभाव बढ्दै गएका बेला पनि झरना अवलोकन गर्न आउनेको सङ्ख्या बढ्दै गएपछि कोरोना फैलने त्रासले पूर्णरूपमा बन्द नै गरिएको थियो।

    गाउँपालिकाले अघिल्लो लकडाउन भन्दा अगाडीको आर्थिक वर्षमा झरना अवलोकनका लागि आउने पर्यटकबाट प्रवेश शुल्क उठाउँदा रु १८ लाखभन्दा बढी आम्दानी गरेको र गत वर्ष लकडाउनको बिचमा पनि ८ लाख ६५ हजार उठाएको जलबिरे लामो झरना पर्यटन विकास समितिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

    पर्यटक आकर्षण गर्नको लागि प्रदेश र संघिय सरकारको बजेटमा सडक स्तरोन्नति र जलविरेमा प्रवेशद्वार निर्माण कार्य सम्पन्न हुनुका साथै हेटौँडास्थित वाग्मती प्रदेश पर्यटन विकास विकास आयोजनाबाट प्राप्त रु २५ लाख बजेटमा दृश्यावलोकन सहितको गोलोघर निर्माण सम्पन्न भइसकेको छ ।

    जलबिरे लामो झरनालाई देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गर्न को लागि केही भौतिक पूर्वाधार जस्तै आधुनिक टिकट घर, झरना स्थलमा स्वागत गेट, ट्रेकिङको लागि सिढि बाटो को व्यवस्था तथा पर्यटक सुरक्षाको व्यवस्था गर्नुपर्ने भएपनि गाउँपालिकाले प्रवेश शुल्क वापत लाखौं उठाएर पनि सहयोग नगरेको अध्यक्ष गुरुङले बताए ‌।