× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३३६५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १३७३

    ३ वर्ष पहिले

    साउन-१४,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ५० हजार २२ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ५ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३५ लाख ८४ हजार ४ सय १९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ८७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार ३० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ३ लाख ९ हजार २ सय ३३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३ सय ९० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २७ हजार ३ सय ५५ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ३५ रहेको छ।

    २४ घण्टामा १ हजार ३ सय ७३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ५० हजार ४ सय ४५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.७२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ७९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय ३६ जना र भेन्टिलेटरमा १ सय ६० जनाको उपचार भईरहेको छ ।