× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    सहभागितामा सीमित भएर सकियो टोकियो ओलम्पिकमा नेपालको यात्रा

    ३ वर्ष पहिले

    साउन १५,जापानमा जारी टोकियो ओलम्पिकमा नेपालको यात्रा सहभागितामा सीमित भएर सकिएको छ ।

    आज एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गरेसँगै नेपालको तर्फबाट सहभागिता टुंगिएको हो। आज बिहान सम्पन्न खेलमा चौधरीले १०० मिटरको दौड १२.९१ सेकेन्डमा पुरा गरेर अन्तिमबाट दोस्रो भएकी थिइन् ।

    यसअघि नै पौडीवाज गौरिका सिंह र अलेक्जेन्डर शाहले सहभागिता जनाउँदै राष्ट्रिय कीर्तिमान बनाउनु बाहेकको उपलब्धि हासिल गर्न सकेन।त्यसैगरि जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियारले पनि सहभागिताको उपलब्धि मात्र हासिल गरिन्।

    सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपाली खेलाडीले सहभागिता जनाउन थालेका हुन् ।सोल ओलम्पिक १९८८ मा तेक्वान्दो खेलाडी विधान लामाले कांस्य पदक जितेका थिए । त्यो बेला तेक्वान्दो प्रदर्शनी खेलको रूपमा मात्रै समावेश गरिएकाले पदकको रूपमा गणना गरिएन ।

    हालसम्म पनि ओलम्पिकमा नेपालको यात्रा अझै पदकविहीन नै छ । त्यसैले ओलम्पिकमा नेपालको उपलब्धि सहभागितामा मात्र सीमित बनेको छ ।