× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २५६८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २०२०

    ३ वर्ष पहिले

    साउन-१७,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ५९ हजार ३ सय ७ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार ४ सय २ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ९ सय ८१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३६ लाख ११ हजार ८ सय ६७ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार २ सय ३४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५ सय ८७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ३ लाख २२ हजार ६ सय १ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २ सय ९८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २८ हजार ६३ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार २ सय ३५ रहेको छ।

    २४ घण्टामा २ हजार २० जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ५६ हजार १ सय ९७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.४२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १८ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७५ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ७५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय ७७ जना र भेन्टिलेटरमा १ सय ६९ जनाको उपचार भईरहेको छ ।