× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मि बाहेकको सरकारी सुविधा नलिने घोषणा

    ३ वर्ष पहिले

    साउन-१८, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रि हुदाँ सरकारले दिने सुरक्षाकर्मि बाहेकको अन्य सुविधा नलिने घोषणा गरेका छन्‌।

    राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो १०० दिनको कार्ययोजना सार्वजनिक गर्दै सरकारले दिने सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन्। मन्त्री रहञ्जेल आफू संलग्न रहेको व्यावसायिक संस्थाबाट राजीनामा दिने पनि उनले बताए।

    ‘जिम्मेवारी सम्हालेपछि व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु । पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यवसाय र व्यापारमा म संलग्न नहुने यसै प्रतिवद्धतापत्र मार्फत सार्वजनिक गर्ने जानकारी गराउँछु । म संलग्न हुँदै आएको व्यवसायको कार्यकारी तथा पदीय भूमिका कानूनी रुपमा नै त्याग गरिसकेको छु,’ उनले भने ।