× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सबै तहका परीक्षा स्थगन गर्ने प्रस्ताव

    ३ वर्ष पहिले

    साउन-१८,कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै हाल सञ्चालन भइरहेका सबै परीक्षा स्थगन गर्ने प्रस्ताव गरिएको छ ।

    स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार परीक्षा सम्बन्धी सबै कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन हुनेबारे छलफल भइरहेको बताए ।

    सामाजिक सञ्जाल ट्वीटरमा उनले जानकारी दिँदै शिक्षा मन्त्रालयसँगको परामर्शपछि उचित निर्णय लिइने जानकारी दिए ।

    उनले भनेका छन्, ‘कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ ।’