३ वर्ष पहिले
साउन-२१,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ३८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ७३ हजार ८ सय ६० जना पुगेको छ ।
२४ घण्टामा ११ हजार ८ सय ७० जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३६ लाख ५६ हजार ३ सय ४२ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ सय ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ३ लाख ४३ हजार ३ सय ६१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४ सय २२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३१ हजार १ सय ८ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ३ सय १४ रहेको छ।
२४ घण्टामा २ हजार १२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ३७ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय ९४ जना पुगेको छ ।
हाल क्वारेन्टिनमा ३ सय ७५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय १३ जना र भेन्टिलेटरमा १ सय ५८ जनाको उपचार भईरहेको छ ।