× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भेरोसेल खोपको आज दोस्रो डोज दिइदै।

    ३ वर्ष पहिले

    कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई आजबाट दोस्रो डोज दिइने भएको छ । गएको असार २९ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने स्वास्थ्य सेवा विभागले जनाएको छ ।


    पहिलो डोज लगाएकाहरुलाई पाएक पर्ने जिल्ला स्वास्थ्य कार्यालय र पालिकाहरुले तोकेको केन्द्रमा गएर खोप लगाउन विभागले आग्रह गरेको छ । दोस्रो डोज खोप लगाउन जाँदा पहिलो खोप लगाएको कार्ड र सम्भव भएमा यसअघि वेबसाइटमा दर्ता गरेको नम्बर लिएर जान पनि सरकारको आग्रह छ । त्यस्तै सरकारले जारी गरेको लक्षित समुह मध्ये खोप लगाउन छुटेकाहरुले स्वास्थ्य मन्त्रालयको वेबसाइटमा गई नाम दर्ता गर्न सकिने यस अघि नै सुचना जारी गरीसकेको छ ।
    सरकारले आउदो २५ देखि ३२ गतेसम्म सरकारले खोप सप्ताह मनाउने भएको छ । खोप सप्ताहमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख गरी ११ लाख डोज खोप लगाउने तयारी छ । दुवै देशबाट भोलि र पर्सिसम्म खोप आइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ४३ लाख ५९ हजार २ सय ७७ जनाले पहिलो मात्रा र २१ लाख ३० हजार नौ सय जनाले पूर्ण खोप लगाएका छन् । नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भएको छ ।