× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    उदयपुरको बेलकामा ६० लाख खर्चेर बनाइयो सुंगुरको मूर्ति

    ३ वर्ष पहिले

    साउन-२३, उदयपुरको बेलका नगरपालिकाले ६० लाख रुपैयाँ खर्च गरेर सुंगुरको मूर्ति बनाएको छ । नगरपालिकाको वडा नम्बर ७ मैनामैनी मूलगाउँमा १२ फिट उचाइ र १६ फिट लम्बाई भएको सुंगुरको मूर्तिको बनाइएको हो ।

    मूर्ति बनाउन ६० लाख रुपैयाँ खर्च भएको मेयर दुर्गाकुमार थापाले जानकारी दिए । ‘यो मूर्ति नगरपालिका आफैंले बनाएको हो । दशैंसम्म उद्घाटन गर्ने तयारी छ,’ उनले भने ‘त्यहाँ धार्मिक पार्क पनि बनाउँछौं ।’

    उनका अनुसार मूर्तिको डिजाइन राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले गरिदिएको हो । धनु याख्खा कलाकारले यो मूर्ति बनाइराखेको छ । मूर्तिको दशैंसम्म उद्घाटन गर्ने तयारी रहेको बताइएको छ ।

    मैनामैनीलाई पर्यटकीय हिसाबले मुलुकमै चिनाउने उद्देश्यले यस ठाउँबाट बराह (बँदेल) हाम फालेर बराह क्षेत्रमा पसेको भन्ने किम्बदन्ती अनुसार सुगुरको मुर्ति वनाईएको मेयर थापाको भनाई छ।