× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३२१८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १७२२

    ३ वर्ष पहिले

    साउन-२३,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २ सय १८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ८० हजार ८ सय ७ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार ८ सय ६६ जनाको पिसिआर परीक्षण गर्दा २ हजार २ सय ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३६ लाख ७४ हजार ७ सय १ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ सय ८७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ३ लाख ५४ हजार २ सय ५० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३२ हजार २७ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ४ सय ५ रहेको छ।

    २४ घण्टामा १ हजार ७ सय ७२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.४५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १९ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ३८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ४ सय ४३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय ४६ जना र भेन्टिलेटरमा १ सय ६९ जनाको उपचार भईरहेको छ ।