× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    जापानमा जारी ३२ औं गृष्मकालीन टोकियो ओलम्पिक सम्पन्न

    ३ वर्ष पहिले

    साउन-२४, जापानमा जारी ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिक सम्पन्न भएको छ ।सन् २०२४ मा फ्रान्सको पेरिसमा भेट्ने बाचाका साथ टोकियो ओलम्पिक सम्पन्न भएको हो।

    टोकियोमा एक विशेष समारोहकाबीच टोकियो ओलम्पिकको समापन गरिएको हो । समापन समारोहमा विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

    समारोहमा ओलम्पिकको झण्डा पेरिसको मेयर आनी हिडेल्गोलाई हस्तान्तरण गरिएको थियो, जहाँ तीन वर्षपछि आगामी ओलिम्पिक्स सञ्चालन हुनेछ।

    टोकियो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थिएँ ।

    पदक तालिकामा संयुक्त राज्य अमेरिका ३९ स्वर्णसहित पहिलो स्थान हासिल गरेको छ भने त्यसभन्दा एउटा कम पाएको चीन दोस्रो स्थानमा रह्यो।आयोजक जापान चाहिँ पदक तालिकामा तेस्रो स्थानमा रह्यो।