× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    भारतका लागि “गोल्ड मेडल” जित्ने नीरज चोपडालाई ३ घण्टामा नै १३.७५ करोड धनराशी प्राप्त ।

    ३ वर्ष पहिले

    शनिबार खेलिएको फाइनल प्रतिस्पर्धामा भारतका ज्याभलिन थ्रोअर नीरज चोपडाले ओलम्पिक एथ्लेटिक्समा स्वर्ण पदक जितेर भारतको १२१ वर्षदेखिको खडेरीकाे अन्त्य गरेका छन् । ८७.५८ मिटरको उत्कृष्ट थ्रोका साथ चोपडाले पदक जित्न सफल भएका हुन् ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नीरजलाई यस ऐतिहासिक जीतको बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले नीजलाइ डाइरेक्ट फोन नै गरेर बधाई दिएका थिए । त्यस्तै, गृहमन्त्री अमित शाह, सेना प्रमुख देखि राहुल गान्धी, सोनिया गान्धीसम्मले उनलाई बधाइ दिएका छन् ।

    पदक जितेपछि नीरजलाई पुरस्कारको वर्षा पनि शुरु भएको छ । पदक जितेको ३ घण्टामा नै नीरजलाई १३.७५ करोड भारतीय रुपैयाँ बराबरको नगद पुरस्कार दिने घोषणा भएको थियो ।

    राज्य सरकारदेखि लिएर रेलवे, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड र इन्डियन ओलम्पिक एसोसिएसनले आ–आफ्नो तर्फबाट पुरस्कार घोषणा गरेका छन् । हरियाणा राज्यका मुख्यमन्त्रीले नीरजलाई ६ करोड रुपैयाँ नगद र प्रथम श्रेणीको सरकारी जागिर दिने घोषणा गरेका छन् । मुख्यमन्त्री मनोहर लाल खट्टरले नीरजलाई ५० प्रतिशत छुटमा फ्ल्याट पनि दिने बताएका छन् । बीसीसीआईले नीरजलाई १ करोड दिने घोषणा गरेको छ भने पञ्जाब सरकारले पनि उनलाई २ करोड रुपैयाँ नगद दिने बताएको छ । मणिपुर सरकारले नीरजलाई १ करोड रुपैयाँ दिने बताएको छ ।