× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३६५१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १७८४

    ३ वर्ष पहिले

    साउन-२५,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ५१ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ८७ हजार ६ जना पुगेको छ ।

    २४ घण्टामा १० हजार ४ सय ४५ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ६ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३६ लाख ९४ हजार १ सय ७९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ६ हजार १ सय ५९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ३ लाख ६३ हजार ७ सय ४४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २ सय ८८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३२ हजार ९ सय ७ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ३ सय ८१ रहेको छ।

    २४ घण्टामा १ हजार ७ सय ८४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.२७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २२ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार १ सय १५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ४ सय ४१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय ४१ जना र भेन्टिलेटरमा १ सय ८६ जनाको उपचार भईरहेको छ ।