× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    संसारकै सर्वोत्कृष्ट विमानस्थलमा कतारको हमाद विमानस्थल

    ३ वर्ष पहिले

    साउन-२६, संसारकै सर्वोत्कृष्ट विमानस्थलमा कतारको हमाद अन्तराष्ट्रिय विमानस्थल चुनिएको छ ।विमानस्थलहरुको मुल्यांकन एवं वरियता निर्धारण गर्दै आएको स्काईट्र्याक्स कम्पनीले सोमबार सार्वजनिक गरेको सूचीमा कतारको हमाद एयरपोर्ट शिर्ष नम्बरमा रहेको हो ।

    चांगी एयरपोर्ट

    झण्डै एक दशकसम्म लगातार शिर्ष स्थानमा रहँदै आएको सिंगापुरको चांगी एयरपोर्टको वरियता खस्केर तेस्रो नम्बरमा झरेको छ ।

    टोकियो हानेदा एयरपोर्ट

    कतार सरकार र कतार एयरवेजको लगातारको लगानी र सुधारपछि हमाद एयरपोर्ट शिर्ष स्थानमा उक्लिएको हो । यसपटकको वरियतामा हमाद र चांगीको बिचमा दोस्रो स्थानमा जापानको टोकियो हानेदा एयरपोर्ट आएको छ ।

    शिर्ष १० स्थानमा जापानका तिन वटा विमानस्थल हानेदा, नारिता र कान्साई परेका छन् । यसैगरी दक्षिण कोरियाको इन्चीयोन, जर्मनीको म्युनिख, स्विट्जरल्याण्डको जुरिच, लण्डनको हिथ्रो र हङकङ विमानस्थल पनि शिर्ष १० को सूचीमा परेका छन् ।