× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३९१५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २११८

    ३ वर्ष पहिले

    साउन-२९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख २ हजार ५ सय ६६ जना पुगेको छ ।

    २४ घण्टामा ११ हजार ७ सय ८ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ७ सय ६३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३७ लाख ४० हजार ८ सय १७ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ७४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार १ सय ५२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ३ लाख ८६ हजार ९ सय २९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ९८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३५ हजार ५ सय १८ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार २ सय ८० रहेको छ।

    २४ घण्टामा २ हजार १ सय १८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ७९ हजार ४ सय ९५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.६६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २७ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार २ सय ३९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ४ सय ३९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय ३६ जना र भेन्टिलेटरमा १ सय ८६ जनाको उपचार भईरहेको छ ।