× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपाल दक्षिण एशियाकै सबैभन्दा उच्च सङ्क्रमण दर भएको मुलुक

    ३ वर्ष पहिले

    साउन-३०, नेपाल दक्षिण एशियाकै कोभिड–१९ को सबैभन्दा उच्च सङ्क्रमण दर भएको मुलुक बनेको छ ।

    चार दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको सार्क स्तरीय कोभिड विवरणमा छिमेकी मुलुक भारतमा कोभिडको मृत्युदर १.३ प्रतिशत र सक्रिय सङ्क्रमणको दर १.३ प्रतिशत रहेको छ । सो अवधिमा नेपालको मृत्युदर १.४ र सङ्क्रमणको दर दोब्बरले बढेको अवस्थामा ४.९ प्रतिशत रहेको थियो ।

    चार दिन अघि र पछिको विवरणअनुसार अन्य सार्क मुलुकहरूमध्ये अधिकांश मुलुकको सङ्क्रमण र मृत्युदर बढ्दो क्रमबाट घट्दो क्रममा गएको देखिन्छ ।

    नेपालमा भने चार दिनपछि अर्थात् अगस्ट ११ देखि थप बढोत्तरीतर्फ उन्मुख रहेको छ । जसअनुसार सीमा जोडिएको भारतको मृत्युदर १.३ र सङ्क्रमणको दर घटेर १.२ पुगेको छ । नेपालमा भने मृत्युदर १.४ नै रहे पनि सङ्क्रमणको दर बढेर ५.२ प्रतिशत पुगिसकेको छ ।

    अगस्त ७ मा अफगानिस्तानको मृत्युदर ४.६ र सक्रिय सङ्क्रमणको दर २७.४, बङ्गलदेशको मृत्युदर १.७ र सक्रिय सङ्क्रमण दर ११.१, भुटान मृत्युदर ०.१ र सक्रिय सङ्क्रमण दर ४.७, माल्दिभ्समा मृत्युदर शून्य र सक्रिय सङ्क्रमणको दर ९०.३, पाकिस्तानमा मृत्युदर २.२ र सक्रिय सङ्क्रमणको दर ७.५ तथा श्रीलङ्कामा मृत्युदर १.५ र सक्रिय सङ्क्रमणको दर ९.६ प्रतिशत रहेको थियो ।