× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    गण्डकी प्रदेशका दुई मन्त्रीमा कोभिड-१९ संक्रमण पुष्टि

    ३ वर्ष पहिले

    साउन-३०, गण्डकी प्रदेशका दुई मन्त्रीमा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । वन, वातारण तथा भूसंरक्षणमन्त्री दीपक थापा र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारणमन्त्री चन्द्रबहादुर बुढामा शनिबार कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

    शुक्रबार बिहानबाट मन्त्री थापालाई रुघाखोकी र अर्का मन्त्री बुढालाई ज्वरोसहित रुघाखोकी देखिएपछि दुवैले कोभिड परीक्षण गराएका थिए । परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रीद्वय केही दिनअघि पोखरा मगर संघले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा सहभागी भएका थिए । सो कार्यक्रम पश्चात दुवै मन्त्रीलाई कोभिडसंग मिल्दोजुल्दो लक्षण देखिएको थियो। त्यसपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

    दुवैको मन्त्री को स्वास्थ्य सामान्य रहेको र सरकारी निवासको आइसोलेसनमा बसेको उनीहरुको सचिवालयले जनाएको छ।