× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    हाइटीमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: कम्तीमा ३०४ जनाको मृत्यु

    ३ वर्ष पहिले

    साउन-३१, क्यारबियन देश हाइटीमा शनिबार बिहान गएको ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३०४ जनाको ज्यान गएको पुष्टि भएको भने १८ सयजना भन्दा बढी घाइते भएका छन् ।

    भूकम्पका कारण सर्वसाधारणका घरसहित ठूलो व्यापारिक भवनहरु तथा चर्च एवम् होटलहरु पनि भत्किएका छन् ।

    हाइटीका प्रधानमन्त्रीले भूकम्पका कारण गम्भीर क्षति भएको बताएका छन् । उनले एक महिनाका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।

    शनिबार सेन्ट लुइस डू सुड शहर भन्दा १२ किलोमिटर पर केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस) ले जनाएको छ । भूकम्पको धक्का अत्यधिक जनघनत्व भएको राजधानी पोर्ट–ओ–प्रिन्समा (भूकम्पको केन्द्रविन्दुबाट १२५ किलोमिटर पर रहेको) पनि महसुस भएको थियो ।

    युएसजिएसले भूकम्पका कारण हजारौँको मृत्यु भएको हुन सक्ने चेतावनी दिएको छ । अहिले पनि परकम्पहरु आउने क्रम जारी रहेकाले सतर्क रहन भनिएको छ ।

    सन् २०१० को जनवरी १२ मा हाइटीमा सात म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसबेला भूकम्पमा परेर कम्तीमा एक लाख ६० हजार मानिसको ज्यान गएको थियो । सो भूकम्पको भग्नावशेषबाट उठ्दै गरेको हाइटीमा फेरि शक्तिशाली भूकम्प गएको हो ।