× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    काठमाडौंमा शुक्रबारदेखि प्लस टू का विद्यार्थीलाई कोरोना खोप

    ३ वर्ष पहिले

    भदौ-४, काठमाडौं महानगरले शुक्रबारदेखी प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरूलाई काेराेनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ ।

    यस्तै शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने महानगरले जनाएकाे छ ।

    महानगरका अनुसार खाेप अभियान महानगरका ३२ वटै वडामा तथा सुचनामा जारि गरेका थप खोप केन्द्रहरुमा भदाै ४, ५, र ८ गते सञ्चालन हुने छ ।

    खोप लगाउन जाँदा आफ्नो उमेर र परिचय खुल्ने कागजात लिएर जान पनि महानगरपालिकाले अनुरोध गरेको छ ।