× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बेलायतले नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि भूपू गोर्खाको अनशन तोडियो

    ३ वर्ष पहिले

    भदाै-४, बेलायती नागरिकसरह समान सुविधा र अधिकार माग गर्दै १३ दिन देखिको भोक हड्ताल बेलायत सरकारले एक महिनाभित्र नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो।

    बेलायतको प्रधानमन्त्री कार्यालय अगाडि अगस्ट ७ तारिखदेखि भूतपूर्व गोर्खा सैनिकहरु ज्ञानराज राई, पुष्पा घले र धन गुरुङले थालेको अनशन १३ औँ दिनको दिनमा तोडिएको हो।

    बेलायती रक्षा राज्यमन्त्री लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी लगायत अनशनस्थल पुगेर सत्याग्रहीहरूलाई जुस पिलाएर अनशन तोडाएका थिए ।

    नेपालीहरुको अनसनप्रति बेलायतका संघसंस्था, वरिष्ठ व्यक्तिहरुको समर्थन थियो।

    २१ जुलाई बाट १७ दिनसम्म रिले अनशन बसेका उनीहरुको माग सम्बोधनमा बेलायत सरकारले तदारुकता नदेखाएपछि भोक हड्ताल थालेका थिए।

    उनीहरुको स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि सरकारमाथि दबाब सिर्जना भएको थियो।

    सन् १९९७ भन्दा पहिले अवकाश पाएका गोर्खाहरुले समान पेन्सन पाउन सकेका छैनन्।

    त्यही मुद्दामा गोर्खाहरुले लामो समयदेखि गोर्खा सत्याग्रह संघर्ष समिति बनाएर आन्दोलन गरिरहेका छन्।

    यसैबीच सर्वोच्च अदालतले बेलायती सेनाबाट अवकाश प्राप्त अनसनरत भूतपूर्व गोर्खा सैनिकको जीवन रक्षा गर्न तत्काल बेलायतस्थित नेपाली दूतावासमार्फत व्यवस्था मिलाउन सरकारका नाममा बिहीबार मात्रै अन्तरिम आदेश जारी गरेको छ।

    न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले आज विभिन्न माग राख्दै अनसनरत नेपाली नागरिक धनबहादुर गुरुङ, ज्ञानराज राई र पुष्पा राना घलेसमेतको जीवन रक्षार्थ जे जो गर्नुपर्छ गरी आवश्यक व्यवस्था मिलाउन अन्तरिम आदेश गरेको हो।