× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २४३३ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १९२९

    ३ वर्ष पहिले

    भदौ-१०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ सय ३३ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ३६ हजार ८ सय ८३ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ७ सय २ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ५२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३८ लाख ६८ हजार ७ सय १७ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ७२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय ८० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख ५० हजार ३ सय २८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ८४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३५ हजार ३ सय ५४ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ३० रहेको छ।

    २४ घण्टामा १ हजार ९ सय २९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ५ हजार ८ सय ९३ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.३४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २६ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय ३८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ३ सय ६६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय २० जना र भेन्टिलेटरमा १ सय ६५ जनाको उपचार भईरहेको छ ।