× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    गोरखामा खुकुलो गर्दै भदौ १८ गतेसम्मको लागि निषेधाज्ञा थपियो

    ३ वर्ष पहिले

    भदौ-१०, जिल्ला प्रशासन कार्यालय गोरखाले केही खुकुलो गर्दै भदौ १८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।

    बिहीबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले हाल बन्द रहेका बैंक तथा वित्तीय संस्था र यातायातका साधनहरू जोर बिजोर प्रणाली कायम गरेर सञ्चालन गर्न पाउने निर्णय गर्दै निषेधाज्ञा लम्ब्याएको छ।

    दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफुल, कृषिजन्य विउविजन, निर्माण सामग्री, स्टेशनरी, कपडा तथा फेन्सी पसल, सुनचाँदी, टेलरिङ, फोटो स्टुडियो, भाडा तथा कस्मेटिक पसलहरु बिहान ५ देखि दिउँसो २ बजेसम्म मात्र खुल्न पाउने छन् ।

    खाजा घर, रेष्टुरेष्ट र मिठाइ पसलहरु भने बिहान ५ देखि साँझ ५ बजेसम्म खुल्ला रहनेछ । जनस्वास्थ्यको निर्धारित मापदण्ड पालना गरी कुल कोठा संख्याको ५० प्रतिशत नबढ्ने गरी होटल तथा लजहरु सञ्चालन गर्न पाइने प्रशासन कार्यालयले जनाएको छ । सिनेमा हल, सैलुन, व्युटी पार्लर र फुटपाथ पसल सञ्चालनमा भने रोक लगाइएको छ ।

    जिल्ला प्रशासन कार्यालयमा आइतबार/ सोमबार गोरखा नगरपालिका, आरुघाट र धार्चे गाउँपालिका , मंगलबार/बुधबार पालुङटार नगरपालिका , सिरानचोक र गण्डकी गाउँपालिका बिहीबार/शुक्रबार भीमसेन थापा, शहीद लखन, बारपाक सुलिकोट,अजिरकोट,चुमनुव्री गाउँपालिकाका सेवाग्राहीले सेवा पाउने जनाएको छ ।

    धार्मिक स्थलहरुमा नित्य पूजा बाहेकका अन्य कार्य गर्न, भौतिक रुपमा उपस्थित भई शैक्षिक गतिविधि सञ्चालन गर्न र कुनै पनि प्रकारका सभा, सम्मेलन, गोष्ठी, जात्रा र महोत्सव गर्न पूर्ण रुपमा रोक लगाइएको सुचनामा जनाएको छ।