३ वर्ष पहिले
भदौ-११,विहिवार देखि परेको अविरल वर्षातका कारणका पुर्व पश्चिम लोकमार्गको देवदह – ७ शितलनगर स्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ ।
पक्की पुल भासिए पछि सडकको आवागमन अवरुद्ध भएको छ ।वैकल्पिक व्यवस्था नभए सम्म यातायात सुचारु हुन नसक्ने देवदह प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरीक्षक गङा बहादुर सारुले बताए ।
प्रहरीले भासिएको पुलबाट सवारी साधन आवागमनमा रोक लगाएको छ । कहि जान आवश्यक भएकाहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ ।