× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सहयोगी दाताहरुलाई हाईवे हस्पिटलद्धारा सम्मान (फोटो फिचर)

    ३ वर्ष पहिले

    भाद्र १३, मुग्लिन ।
    मुग्लिङ हाईवे हस्पिटलले कोभिड १९ का संक्रमितहरुको लागि संचालित निशुल्क उपचार सेवा कार्यमा आर्थिक तथा भौतिक सहयोग पु¥याउने मनकारी दाताहरुलाई सम्मान स्वरुप कदर पत्र बितरण गरेको छ ।

    मुग्लिङ हाईवे हस्पिटलको अध्यक्ष राम बहादुर लामाको सभापतित्वमा मुग्लिङमा सम्पन्न एक समारोहका बीच बाग्मती प्रदेश सदस्य माननीय सांसद गीता वाग्लेले रोटरी क्लब अफ चितवन, मनकामना दर्शन प्रा. लि., चितवन उद्योग बाणिज्य संघ सहित शरद पोख्रेल, हेमन्त सापकोटा, सुरु गुरुङ, पारु गुरुङ लगायत बिभिन्न दाताहरुलाई कदर पत्र सहित खादा ओढाएर सम्मान गर्नु भयो ।


    स्थानीय भद्रभलादमी, राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, पत्रकारहरुको उपस्थिति रहेको सो समारोहमा बिशिष्ट अतिथिको रुपमा पूर्ब माननीय एबं नेपाली कांग्रेसका नेता जग्गनाथ पौडेलले सम्बोधन गर्दे कोभिड महामारीको बेलामा हाईवे हस्पिटलले प्रदान गरेको निशुल्क सेवाका कारण यहाका गरीब तथा बिपन्न बर्गका बिरामीहरुलाई ठुलो राहत पुगेको बताउनु भयो ।

    रणनीतिक रुपमा समेत गोर्खा, चितवन, तनहूँ, धादिङ जिल्लाका सीमाबर्ती क्षेत्रका बासिन्दाहरुलाई समेत स्वास्थ्य सेवा प्राप्तिमा अनुकूल हुने र नेपालकै सर्बाधिक सडक दुर्घटना हुने जोखिमयुक्त स्थलमा रहेको मुग्लिङ बजारमा संचालित हस्पिटलको महत्व र आवश्यकता सर्बाधिक रहेको हुदा हस्पिटलको बिकासको लागि आफ्नो ब्यक्तिगत तर्फबाट नगद रु एक लाख सहयोग गर्ने घोषणा समेत सम्बोधनको क्रममा नेता पौडेलले ब्यक्त गर्नु भयो ।

    सम्बोधनको क्रममा अतिथिको रुपमा रहनु भएका ईच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता गुरुङले ईच्छाकामना गाउँपालिकाले समेत प्रमुख सहयोगी रहेर हस्पिटलको स्थापनाकालदेखिनै सहयोग पुरयाउदै आईरहेको र भबिष्यमा पनि यस हस्पिटलको स्तरोन्नतिको लागि गाउँपालिका र ब्यक्तिगतरुपमा पनि साथ र सहयोग हुने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

    कदर पत्र बितरण समारोहमा आफ्ना भनाई राख्ने बक्ताहरुमा ईच्छाकामाना गापा वडा नं ५ का अध्यक्ष मोदराज सिलवाल, रोटरि क्लब अफ चितवनका पूर्ब अध्यक्ष एबं समाजसेवी उत्तम चुके, मैयादेबी ट्रष्ट नेपालका महासचिव एबं समाजसेवी टंक पौडेल आदि हुनुहुन्थ्यो।


    हस्पिटलका संचालक श्री बिष्णु कुँवरले स्वागत भाषण गरेको सो समारोहको अन्त्यमा प्रमुख अतिथिको रुपमा प्रदेश सांसद गीता वाग्लेले हस्पिटलले संचालन गरेको कोभिड लक्षित निशुल्क सेवाको लागि आफूले पनि ब्यक्तिगतरुपमा ५ थान अक्सिजन सिलिण्डर र ट्रली किनेर कोभिड महामारीको बेलामा सहयोग पुरयाएको बताउदै सबै मनकारी ब्यक्तिहरुले यो गैर नाफामूलक सामुदायिक हस्पिटललाई सहयोग गर्न समेत आब्ह्रान गर्नु भयो।

    र हस्पिटलले भबन निर्माण गर्दा एउटा कोठा आफूले ब्यक्तिगत रुपमा निर्माण गरिदिने बेहोरा पनि घोषणा गर्नु भयो। हस्पिटलका संचालक श्री कुमार श्रेष्ठले संचालन गरेको सो समारोहको सभा बिर्सजन गर्दे सभाका हस्पिटलका अध्यक्ष श्री राम बहादुर लामाले कोभिड रोगको रोकथान, नियन्त्रण र उपचार सेवाका लागि केन्द्रित रही संचालनमा ल्याएको निशुल्क उपचार सेवा जस्तो महान पुण्य कार्यमा स्वदेश तथा बिदेशबाट आर्थिक तथा भौतिक सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई संस्थाको तर्फबाट आभार ब्यक्त गर्दे सो क्रममा संकलित रकम, सामग्री र सोको ब्यय बिबरण पनि सार्बजनिक गर्नु भयो ।