३ वर्ष पहिले
भदौ-१७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ५० हजार २ सय ८ जना पुगेको छ ।
२४ घण्टामा १० हजार ६ सय ५८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६ सय १९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३९ लाख ३६ हजार ४ सय १६ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय ८५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख ७७ हजार २ सय ६०२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ९ सय ४६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३१ हजार ६ सय १९ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ३ सय २७ रहेको छ।
२४ घण्टामा १ हजार ८ सय ४६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख २१ हजार १ सय ८२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.८२ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १६ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ८६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ३ सय २ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय ४४ जना र भेन्टिलेटरमा १ सय ६६ जनाको उपचार भईरहेको छ ।