× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १७५६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २२७४

    ३ वर्ष पहिले

    भदौ-१८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७४ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ५१ हजार ९ सय ६४ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ७ सय ७३ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३ सय ५७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३९ लाख ४६ हजार १ सय ८९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ६१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय ९९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख ८१ हजार ८ सय २१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३० हजार ६ सय ६२ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ३ सय ४४ रहेको छ।

    २४ घण्टामा २ हजार २ सय ७४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख २३ हजार ४ सय ५६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.९१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २३ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय ९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ७४ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय ४० जना र भेन्टिलेटरमा १ सय ५६ जनाको उपचार भईरहेको छ ।