× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    फरक फरक समयमा ५१ किलो गाँजा सहित चारजना पक्राउ

    ३ वर्ष पहिले

    भदौ-१९, चितवन प्रहरीद्वारा फरक-फरक समयमा ५१ किलो गाँजा सहित चारजना पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनले जनाए अनुसार काठमाण्डौबाट मुग्लिङतर्फ आउदै गरेको ना ७ ख ५०११ न.को रात्री बसबाट बिहिबार बिहान ०४.३० बजे चितवनको रत्ननगर न.पा. १५ माधवपुर बस्ने २७ बर्षिय सोनाम बाईवाको साथबाट ७ के.जि , कालिका न.पा. ८ कालिकाटोल बस्ने २५ बर्षिय बिमल तामाङबाट ६ के.जि. र काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा न. ३ तउलुङ बस्ने २० बर्षिय राजकुमार तामाङको साथबाट ३ के.जि. सहित पक्राउ परेको हो ।

    यसैगरि मिति २०७६/१०/१५ गते राती करिब ११:०० बजेको समयमा चितवनको राप्ती न.पा.वडा नं.१ नयाँबस्तीमा ना २ ह ५८८० नं.को अटो रिक्साबाट ७ वटा पोकामा ३५ किलोग्राम लागु औषध गाँजा फेला पारी तत्काल भागी फरार रहेका चालक चितवन राप्ती न.पा.वडा नं.१ पिप्ले बस्ने २० बर्षका मिनराज घलानलाई मिति २०७८।५।१७ गते राती करिब ११:०० बजे पक्राउ गरेको हो ।

    पक्राउ परेका चारैजनालाई लागु औषध मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।