× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १२६८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २१९५

    ३ वर्ष पहिले

    भदौ-१९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ६८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ५३ हजार २ सय ३२ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ७ सय ५३ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३९ लाख ५२ हजार ९ सय ४२ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार १ सय २२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख ८४ हजार ९ सय ४३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ८ सय २६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २९ हजार ६ सय ५८ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार १ सय ६८ रहेको छ।

    २४ घण्टामा २ हजार १ सय ९५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख २५ हजार ६ सय ५२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.०४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ९ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय १८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ७४ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय ५४ जना र भेन्टिलेटरमा १ सय ७२ जनाको उपचार भईरहेको छ ।