× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १८९६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १७४३

    ३ वर्ष पहिले

    भदौ-२१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८ सय ९६ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ५६ हजार २ सय १७ जना पुगेको छ ।

    २४ घण्टामा ११ हजार ६ सय ९ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४ सय ८८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३९ लाख ६९ हजार ७ सय २१ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ७० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख ९२ हजार १ सय १४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९ सय ७६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २८ हजार ९ सय ११ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ६२ रहेको छ।

    २४ घण्टामा १ हजार ७ सय ४३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख २८ हजार ९ सय २८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.१३ रहेको छ

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २० संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय ५८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ६० जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय १२ जना र भेन्टिलेटरमा १ सय ६३ जनाको उपचार भईरहेको छ ।