× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मनकामना र गोरखकाली मन्दिर भदौ २३ गतेबाट खुल्ने

    ३ वर्ष पहिले

    भदौ-२१, गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना र गोरखकाली मन्दिर भदौ २३ गतेबाट खुल्ने भएको छ ।

    सोमबार जिल्ला प्रशासन कार्यालय, शहीदलखन गाउँपालिका, मनकामना क्षेत्र बिकास समितिबिच भएको छलफलले मनकामना मन्दिर बुधवारदेखि खोल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

    भक्तजनहरुले ढोकाबाहिरबाट दर्शन गर्ने तथा पुजा सामग्रीहरु मन्दिरको सहयोगीको माध्यमबाट पुजारीको हात सम्म पुर्याउने व्यवस्था गरिने जनाएको छ ।

    मनकामना मन्दिर खोल्ने निर्णय सँगै गोरखकाली मन्दिर पनि सोही दिन बाट खुल्नेछ । गोरखाका सबै मठ मन्दिरमा यस अघि नियमित आन्तरिक बाहेकका पुजापाठ रोकिएको थियो ।बुधवारबाट भने जिल्लाभरका मठ मन्दिर खुल्ला हुने निर्णयले गोरखालीमा पनि भक्तजनले दर्शन गर्न पाउने भएका छन् ।

    मन्दिर परिसरमा हात धुने ब्यवस्था मिलाउने, पुजारी, कर्मचारीले पन्जा, मास्क, फेससिल्ड अनिवार्य लगाउने, भक्तजनले स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्न लगाउने निर्णय बैठकले गरेको छ । अनावश्यक भिडभाड नगरी, सामाजिक दुरी कायम गरेर पुजा गर्न भक्तजनलाई पनि अनुरोध गरिएको छ ।