× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज १५५ औं मोती जयन्ती

    ३ वर्ष पहिले

    भदौ-२२, स्रष्टा र सर्जक प्रतिको सम्मान आज साहित्यक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल राष्ट्रिय विभूति साहित्यकार मोतिराम भट्टको १५५ औ जन्मजयन्ती नेपालका विभिन्न स्थानमा साहित्यिक कार्यक्रमको आयोजना गरि मनाईदै छ ।

    विक्रम सम्वत् १९२३ साल भाद्र कृष्ण कुशे औंसीका दिन जन्मेर १९५३ साल भाद्र कृष्ण कुशे औंसीकै दिन ३० वर्षको उमेरमा उनको निधन भएको थियो ।

    भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याएका छन् । नेपाली साहित्यको श्रृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले नै गजल विधा र गद्य कवितालाई भित्राएको मानिन्छ । उनैले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए ।