× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    देशको अधिकांश क्षेत्रमा वर्षा हुने मौसम पूर्वानुमान

    ३ वर्ष पहिले

    भदाै-२३, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार नेपालमा भारतको मध्यप्रदेश र विधार्वा आसपास अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ।साथै मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक रहेको ले हाल देशभर सामान्य देखि पूर्णतया वदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ।

    आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

    त्यसैगरी राती देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

    मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै देशको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा साथै बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना को सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ।