३ वर्ष पहिले
भदौ-२४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ७१ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ६० हजार ८ सय ५ जना पुगेको छ ।
२४ घण्टामा ८ हजार ८ सय ९८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३९ लाख ९९ हजार ४ सय ९७ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ४६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख २ हजार ७ सय ७१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ६ सय ६८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २६ हजार ८ सय ८६ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ७ सय ९२ रहेको छ।
२४ घण्टामा १ हजार ८ सय ८५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ३५ हजार ६ हजार पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.५१ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १४ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ६१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४ सय ८५ जना र भेन्टिलेटरमा १ सय ३९ जनाको उपचार भईरहेको छ ।