× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ११४६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १६६०

    ३ वर्ष पहिले

    भदौ-२५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १ सय ४६ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ६१ हजार ९ सय ५१ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार ५ सय ४९ जनाको पिसिआर परीक्षण गर्दा ९ सय ६१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४० लाख ८ हजार ४६ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ८५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख ५ हजार १ सय ३८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९ सय ५८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २६ हजार २ सय ९६ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ६ सय ६२ रहेको छ।

    २४ घण्टामा १ हजार ६ सय ६० जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ३६ हजार ६ सय ६६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.४६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २१ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय २४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ५२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४ सय ५८ जना र भेन्टिलेटरमा १ सय ४५ जनाको उपचार भईरहेको छ ।