× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहिरोका कारण अवरुद्ध मुग्लिन–काठमाण्डौ राजमार्ग सुचारु

    ३ वर्ष पहिले

    भाद्र २९, चितवन ।
    पहिरोका कारण गएराति देखि अवरुद्ध मुग्लिन–नौविसे राजमार्ग अहिले दुवै तर्फ सञ्चालनमा आएको छ ।

    उक्त सडक खण्ड अन्तरगत चितवनको इच्छाकाामना गाउँपालिका वडा नं. ४ स्थित नाग्दी खोला नजिकै झरेको पहिरोको कारण राति ३ बजे देखि राजमार्ग पुर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो ।

    सडक डिभिजन कार्यालय भरतपुरको १ वटा लोडरले विहान ६ बजे देखि नै पहिरो हटाउन शुरु गरी करिब २ घण्टा पछि पहिरो पुर्ण रुपमा हटाइ राजमार्ग दुइ तर्फी नै खुल्ला गरिएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरिक्षक नरहरी अधिकारीले हाइवे समाचारलाई जानकारी दिएका छन् ।

    त्यस्तै यता मुग्लिन–नारायण सडक खण्डमा भने कुनै अवरोध नरहेको उहाँले बताएका छन् । यद्यपी वर्षा भइरहेको र राति देखिको सवारी जाम भएका कारण आज यो राजमार्ग भएर यात्रा गर्न भने सहज नहुने देखिएको छ ।