× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १७६० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १२२०

    ३ वर्ष पहिले

    भदौ-३०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय ६० जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ६८ हजार ६ सय ६५ जना पुगेको छ ।

    २४ घण्टामा १२ हजार ५ सय २४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३ सय ३२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४० लाख ५७ हजार ३ सय ८३ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ३ सय २० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४ सय २८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख २४ हजार ४ सय ८५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ३ सय ३ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २४ हजार ६ सय ७९ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ६ सय २४ रहेको छ।

    २४ घण्टामा १ हजार २ सय २० जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ४३ हजार ५ सय २६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.५८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ७ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ९१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय १८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४ सय ७ जना र भेन्टिलेटरमा १ सय २९ जनाको उपचार भईरहेको छ ।