× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भरतपुर-२१ मा अख्तियारको छापा, वडाध्यक्ष चित्रसेन अधिकारी अख्तियारको निगरानीमा

    ३ वर्ष पहिले

    असोज-२,भरतपुर महानगरपालिका-२१ मा अख्तियारले छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयमा छापा मारेर आवश्यक कागजात जफत गरेको हो । आयोगले छापा मारेसंगै नेपाली काँग्रेस चितवनको जिल्ला समिति सदस्य तथा आसन्न अधिवेशनमा नगर सभापतिको दाबेदार मानिएका वडाध्यक्ष चित्रसेन अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा परेका हुन ।

    अध्यक्ष अधिकारीले वडाको विकास निर्माणमा अनियमितता गरी उपभोक्ता समिति र ठेकेदारसँग रकम लिई गुणस्तरहीन काम गरेको भन्दै मंगलबार अख्तियारको टोलीले अनुगमन गरी आवश्यक कागजात जफत गरेको छ । आयोगको हेटौंडाबाट आएको टोलीले वडा अध्यक्ष चित्रसेन अधिकारी र उनका छोरा विवेकसेन अधिकारीको नाममा सिभिल बैंक भरतपुरको खातामा बाटो निर्माण गर्ने उपभोक्ता समितिले पहिलो पटक एक लाख ७६ हजार रुपैयाँ र दोस्रो पटक २६ हजार रुपैयाँ गरी २ लाख ३ हजार रुपैयाँ जम्मा गरेको बैंक स्टेटमेन्ट सहितको कागजात जफत गरेको छ ।

    सो वडा अन्तर्गत सडक स्तरोन्नतिका क्रममा अनियमितता गरी गुणस्तरहीन काम भएको भन्दै उजुरी परेपछि जनकप्रसाद नेपाल नेतृत्वमा आयोगको टोलीले आवश्यक अनुसन्धान थालेको हो । यस सम्बन्धमा वडा अध्यक्ष अधिकारीसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाले वडा नं २५, वडा नं ८ मा पनि यस प्रकारका अनियमितता भएको भन्दै परेका उजुरीमाथि पनि छानबिन गरिरहेको छ ।नारायणी अनलाईन बाट