× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ‘विभूषणहरुले लज्जा मानेका छन्, बोल्न सक्ने भए उफ्रिन्थे’: पूर्व प्रम ओली

    ३ वर्ष पहिले

    असोज-३, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अलंकार पदकहरुको नाकमा कालो पोतेको टिप्पणी गरेका छन् । सातौं संविधान दिवसको अवसरमा आइतबार एमालेले गरेको कार्यक्रममा ओलीले संविधान दिवसका दिन शहीदका सन्तान, आमाबुबाहरुले गर्व गर्न पाउनुपर्ने र घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने बताए ।

    तर सरकारले कसैको बा त कसैका श्रीमतीलाई मानपदवी दिएको भन्दै उनले भने, ‘आज बाबुको मुख हेर्ने दिन हो ? श्रीमीतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ?’

    बाहिर म पदको भोको होइन, जनताका लागि हुँ भन्नेहरुले मौका पाउँदा आफ्नालाई मात्र हेरेको उनले बताए । ओलीले अघि भने, ‘अलंकार, पदक, विभूषणहरुको नाकमा कालो पोतेको । ती विभुषणहरुले लज्जा मानेको हेर्नुस् त ।’

    उनले अघि भने, ‘जलाइराखेका छन् आज मानपदवीहरु । क्या घाँटीमा पुगिने भयो बा ! बोल्न सक्ने भए उफ्रिन्थे ती । तर बोल्न सक्दैनन् ।’

    आफ्नो सरकारविरुद्ध खोइरो खन्ने पत्रकारहरुलाई ठूलठूला पदक दिएको उनले बताए । ‘झगडियाहरु सम्मानित, तथानाम बहस गर्नेहरु सम्मानित, जे पायो त्यही बोल्नेहरु सम्मानित, २/४ जना छुटेको जस्तो लाग्यो, किन छोडेको होला ?’ ओलीले अघि भने, ‘मुद्दा जिताइदिने, हराइदिने सम्मानित ।’

    यो सबैका लागि लज्जाजनक भएको र यसको इतिहासले निर्मम मूल्यांकन गर्ने उनले बताए । अनलाईन खबर